विश्व

अमेरिकाले रूसी भ्याक्सिनको उडायो खिल्ली : त्यो त बाँदरका लागि पनि लायक छैन

भ्याक्सिनमा राजनीति गरेको रुसको आरोप, अमेरिकालाई चीनमा भरोसा

साउन ३०, २०७७

    एजेन्सी : विश्‍वकै पहिलो कोरोना भ्याक्सिन बनाएको दाबी गरेपछि रुसले विश्‍वका अन्य देशलाई सहयोग गर्ने इच्छा देखाइरहेको छ।

    रुसका अधिकारीले सिएनएनलाई बताए अनुसार कोरोना भाइरसको भ्याक्सिनलाई लिएर अमेरिकाको अपरेशन वार्प स्पिडलाई सहयोग प्रस्ताव गरिएको छ। अपरेशन वार्प स्पिड एजेन्सी अमेरिकाले कोरोनाका बिरामीको उपचार र चाँडो भन्दा चाँडो भ्याक्सिन बनाएर मानिससम्म पुर्‍याउनु रहेको थियो।

    अधिकारीका अनुसार अमेरिकाले रुसबाट कुनै पनि किसिमको स्वास्थ्य सहायता लिन इन्कार गरिदिएको छ। रुसका एक वरिष्ठ अधिकारीले सिएनएनलाई भने, 'रुसलाई लिएर अमेरिका सदैव सन्देहास्पद स्थितिमा रहन्छ। मलाई लाग्छ भ्याक्सिन, परीक्षण र उपचार जस्ता प्रविधिमा हाम्रो मद्दत नलिनु पनि त्यही अविश्वासको नतिजा हो।'

    ह्वाइट हाउसकी प्रेस सचिव कायले म्याकनीले राष्ट्रपति ट्रम्पलाई रुसको भ्याक्सिनबारेमा जानकारी दिइएको छ। म्याकनीले अमेरिकी भ्याक्सिन तेस्रो चरणको कठिन परीक्षण र उच्च मानकबाट गुज्रनुपर्ने हुन्छ। एक अन्य अमेरिकी अधिकारीले सिएनएनलाई बताए अनुसार अमेरिकाले रुसको आधा-अधुरो भ्याक्सिनलाई कहिले पनि गम्भीरतापूर्वक लिएन। अमेरिकाका सार्वजनिक स्वास्थ्य अधिकारीले भने, 'रुसले जुन भ्याक्सिन बनाएको छ, त्यसको प्रयोग हामी केबल बाँदरमा मात्रै गर्छौं।'

    अर्कातिर रुसका अधिकारीहरुले आफ्नो भ्याक्सिनबारे विश्‍वलाई जानकारी दिन तयार रहेको जनाएको छ। यसलाई अमेरिकी औषधि कम्पनी आफ्नो देशमा पनि रुसको भ्याक्सिन बनाउन सक्ने जनाएको छ। रुसले पहिले पनि अमेरिकाका केही कम्पनीले रुसको भ्याक्सिनबारे जान्‍ने चासो देखाएको जनाए। तर उनले ती कम्पनीको नाम खुलाउन चाहेनन्। 

    रुसले आफ्नो भ्याक्सिनलाई लिएर अमेरिकाले गम्भीर विचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। स्तुपनिक-५ भ्याक्सिनले कयौँ अमेरिकीको ज्यान बचाउन सक्ने दाबी रुसले गरेको छ। रुसका एक वरिष्ठ अधिकारीले सीएनएनसँग भने, 'यदि हाम्रो भ्याक्सिन सबैभन्दा राम्रो सावित भएको अवस्थामा अमेरिकामाथि यस विकल्पको गहिराइमा पुगेर विचार नगरेकोमा प्रश्‍न उठ्ने छ। भ्याक्सिनमा राजनीति गरेकोमा पनि उसले जवाफ दिनुपर्नेछ।

    तर अमेरिकी अधिकारीले भने भ्याक्सिनको परीक्षण नै नभएको जनाएको छ। 'भ्याक्सिनको कुनै परीक्षण भएको छैन। यस भ्याक्सिनमाथि रुसले धेरै कम काम गरेको छ। मानवीय परीक्षण पनि एकदमै थोरैमाथि गरिएको छ। यसले यो भ्याक्सिन धेरै मानिसमाथि सफल हुन्छ भन्‍ने टुंगो छैन। यो विवरण पूरै असुरक्षित र अपर्याप्त छ।'

    अमेरिकी प्रशासनका एक अन्य वरिष्ठ अधिकारीले रुसको भ्याक्सिनलाई मजाक बताउँदै उसले आफ्नो तेस्रो चरणको ट्रायल पूरा नगरेको जनाएको छ। यसैले न त विश्व स्वास्थ्य संगठन र न नै अमेरिकाले यसलाई गम्भीरतापूर्वक लिएका छन्। रुसको भ्याक्सिनको तुलनामा अमेरिकालाई चीनको भ्याक्सिनमा धेरै विश्‍वास छ।

    अमेरिकी सरकारका सल्लाहकारले भने, 'भ्याक्सिनको दौडमा चीन जीतको सबैभन्दा नजिक छ। भ्याक्सिनको परीक्षणलाई लिएर चीन ज्यादा गम्भीर छ र चीनले यो जिम्मेवारीमा चीन खरो उत्रिएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]