|

काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गइरहेको भन्दै शुक्रबार ३० साउन रातिदेखि लागू हुने गरी १५ दिनसम्मका लागि विभिन्न गतिविधिमा सरकारले रोक लगाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा भनिएको छ,' खुला स्थानमा मानिसको भेला हुनेदेखि पूजापाठ हुने स्थान र होटेल रेष्टुराँसम्मका सबै क्षेत्रमा कडाइका साथ नियम लागू हुन्छ।'

उनका अनुसार यो नियम ३० साउन रातिदेखि १५ भदौसम्म लागू हुने बताइएको छ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रमुखहरुको शुक्रबार बसेको संयुक्त बैठकले विभिन्न गतिविधिमा रोक लगाउने निर्णय गरेको हो। भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूले पनि छुट्टाछुट्टै आदेशमार्फत यी गतिविधिमा रोक लगाएका छन्।

२०२८ को दफा ६(३) बमोजिम देहाय बमोजिमका गतिविधिहरु गर्न निषेध गरिएको छ। आदेशविपरीत कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कारबाही गरिन्छ।

यस्ता छन् काठमाडौं उपत्यकामा भित्र गर्न नपाइने गतिविधिहरू:

  • खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न र सभा जुलुस गर्न
  • भिडभाड हुने गतिविधि जस्तै जात्रा र महोत्सव गर्न
  • उद्योग व्यापार/व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरू
  • चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघट हरू
  • शैक्षिक संस्थाहरू संचालन गर्न
  • सबै प्रकारका सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिम खाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना संचालन गर्न
  • फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न
  • उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्डविपरीत श्रमिक कामदारको ओसार पसार गर्न
  • टेक वे बाहेक होटल/रेष्टुराँ सञ्चालन गर्न 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.