|

सुरेन्द्र सिंह

महोत्तरी : महोत्तरीको भंगहा नगरपालिकाको एउटै वडाका १६ जनालाई विषालु सर्पले टोकेको छ। भंगहा नगरपालिका-५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेको हो।

शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म १६ जनालाई सर्पले टोकेको भंगहा नगरपालिकाका मेयर सञ्‍जीव साहले जानकारी दिए। घरमै हुँदासमेत सर्पले टोक्ने गरेको, तर सर्प कसैले नदेखेको उनको भनाई छ।

टोकेपछि दुख्दा मात्रै सर्पले टोकेको हो भन्ने थाहा हुने गरेको स्थानीयले बताएका छन्। सर्पले टोकेका घाइतेहरूलाई महोत्तरीको बर्दीबासस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको छ।

यसअघि बिहीबार दिउँसो सोही टोलमा विषालु सर्पले टोक्दा स्थानीय ४५ वर्षीया जैमुन खातुनको मृत्यु भएको थियो। धान खेतमा गइरहेको बेला अचानक सर्पले टोकेपछि उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र बन्दिपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.