|

बाग्लुङ : पहिरोले पुरिँदा निसीखोला गाउँपालिकामा दुई बालक र एक वृद्धाको मृत्यु भएको छ। 

वडा नम्बर ५ का हिराबहादुर विकको घर शुक्रबार राति २ बजे पहिरोले पुरिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा हिराबहादुरका १४ वर्षीय वीरेन्द्र र मामाघर आएका नाति ६ वर्षीय प्रवेश विकको मृत्यु भएको हो। 

हिराबहादुरकी ५२ वर्षीया श्रीमती दिलसरा घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय झिंवाखोलाका टोली र स्थानीयले बिहान उद्धारर गरेका थिए। 

यस्तै, शनिबार बिहान निसीखोला–३ धारखर्कमा पहिरोले एक घर पुरिँदा ७२ वर्षीय ओली कामीको मृत्यु भएको छ। पहिरोले कामीको घर पुरेको हो। उक्त घरमा को को थिए भन्ने अझै खुलेको छैन। घटनास्थलतर्फ प्रहरी टोली जाँदै गरेको वडाध्यक्ष जुनविक्रम शाहीले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.