|

अर्घाखाँची : गोरूसिङगे–सन्धिखर्क सडकखण्डको शीतगंगा–२ राजुबास झोलुङ्गे पुल नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

सन्धिखर्क–७ का तीन वर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको छ। गोरूसिङगेबाट बालुवा बोकेर नरपानीतर्फ जाँदै गरेको ना ८ ख ६६९८ नम्बरको टिपरले शनिबार बिहान लु ३२ प २३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रअरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार साना दुई बच्चासहित चार जना रहेको र अन्य तीनजना घाइते भएका छन्। घाइतेको प्रहरी निरीक्षक बाबुराम बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयले उद्धार गरेका छन्। टिपर चालक फरार रहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.