बारामा थपिए दुई संक्रमित

|

पर्सा : पर्सामा थप २१ जनामा कोरोना संक्रमित भेटिएका छन्। वीरगञ्जस्थित नारायणी प्रयोगशालामा गरिएको थ्रोट परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, बाराका दुईजनामा पनि संक्रमण देखिएको छ।

संक्रमित हुनेहरुमा वीरगञ्जको वयोधा हस्पिटल र अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा कार्यरत कर्मचारी, उच्च सरकारी वकिलको कार्यालयमा कार्यरत कर्मचारी, बैंक तथा होटलमा कार्यरत कर्मचारी समेत रहेको नारायणी अस्पतालले जनाएको छ।

उनीहरु कन्ट्याक ट्रेसिङ र स्वेच्छाले परीक्षण गराउनेमध्येका भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए। साउन २६ देखि ३० सम्म संकलन गरिएका स्वाबको परीक्षण गर्ने क्रममा बाराका दुई र पर्साका २१ जनाको रिपोर्ट पोजेटिभ आएको डा. उपाध्ययले जानकारी दिए। संक्रमितहरु ११ देखि ६० बर्ष उमेर समूहका छन्। जसमध्ये सातजना महिला रहेका छन्।

संक्रमितहरुमध्ये वीरगञ्ज हेल्थ केयर अस्पतालका दुई कर्मचारी, नारायणी वयोधा हस्पिटलका दुई कर्मचारी रहेका छन्। यस्तै, एकजना उच्च सरकारी वकिल कार्यालय वीरगञ्जका खरिदार, स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका एकजना सहप्रबन्धक, वीरगञ्जका संक्रमितहरुलाई खाना खुवाउने हिमाल भान्छा घरका एकजना कर्मचारी, वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिकाका रहेको नारायणी अस्पतालले जनाएको छ।

बाराका संक्रमितहरु कलैया उपमहानगरपालिका–१२ की ४१ वर्षीया महिला र जितपुरसिमरा उपमहानगरपालिका–१ का २८ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले जानकारी दिए। 

परीक्षण गराइएका संक्रमितहरुमध्ये एकजना महिला भने केही दिनदेखि ज्वरो आइरहेकी लक्षण सहितकी बिरामी पनि भएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.