|

भक्तपुर : स्वास्थ्यकर्मी र पार्किङ व्यवस्थापनका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मध्यपुर थिमि ४ स्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल शनिबार सिल गरिएको छ। 
अस्पतालका कर्मचारीहरुको पिसिआर परीक्षणका क्रममा तीन जना नर्स र एक जना पार्किङ व्यवस्थापनका कर्मचारीमा संक्रमण देखिएपछि नगरपालिकाद्वारा सञ्चालित सो अस्पताल सिल गरिएको हो।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठले अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर अस्पताल सिल गरिएको जानकारी दिए। उनले अस्पतालका बाँकी स्वास्थ्यकर्मी र कर्मचारीहरु र संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको परीक्षणका साथै अस्पताललाई निसंक्रमण गरेपछि मात्र अस्पतालका रोकिएको सेवा सुचारु गरिने जानकारी दिए।

यसैबीच मध्यपुर थिमि नगरपालिकाले नगरपालिका क्षेत्रभित्र पूर्ण लकडाउन गर्ने भएको छ। नगरप्रमुख श्रेष्ठले नगरपालिकाको आज बस्ने कार्यपालिका बैठकले नगरभित्र पूर्ण लकडाउन गर्ने निर्णय गर्ने जानकारी दिए। उनले भने, ‘नगरक्षेत्रभित्र संक्रमण बढ्दै गएकोले बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयसहित सम्पूर्ण सेवा बन्द गर्ने गरी पूर्ण लकडाउन गर्ने तयारी गरेको हो।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.