|

कपिलवस्तु : सदरमुकाममा कोरोना संक्रमितको संख्या १ सय ८ पुगेको छ। शनिबार २ शिक्षक २ एनजीओकर्मीसहित ५ जना थपिएका छन् । रत्न राज्य माविमा पढाउने शिक्षकमा कोरोना देखिएको हो। 

यसैगरी कोरोनाविरुद्ध अभियानमा काम गर्दै आएका कालिका स्वावलम्बन सामाजिक केन्द्र र सिद्धार्थ सामाजिक विकास केन्द्रका २ कर्मचारीमा समेत कोरोना देखिएको बताइएको छ। 

संक्रमण भएका मध्ये १ जना १५ वर्षका विद्यार्थी छन्। थप भएका सबैमा समुदायबाट संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.