|

पर्सा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तराई मधेश विभाग प्रमुख नेता अजयकुमार चौरसिया र वीरगन्ज कारागारका प्रमख श्रवण कुमार पोख्रेलसहित २८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। वीरगन्जमा रहेका अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयर र गण्डक अस्पतालबाट एकै पटक २८ जना डिस्चार्ज भएका हुन् । 
नेता चौरसिया र कारागार प्रमुख पोख्रेलसहित २६ जना वीरगन्ज हेल्थ केयरबाट र २ जना गण्डक अस्पतालबाट शनिबार डिस्चार्ज भएका अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा उदय नारायण सिंहले बताए । 

२४ घण्टाको अन्तरमा भने यी दुवै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६४ पुगेको सिंहले बताए। शुक्रबार साँझ पनि वीरगन्ज हेल्थ केयर हस्पिटलबाट २८ जना र गण्डक अस्पतालबाट ८ जना गरी ३६ जनाले कोरोना जितेका  छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.