|

कोलोराडो : पेन्सलभेनियाको क्रिएटिभ होम केयरले सेवाग्राहीहरूलाई शुक्रबार ह्यारिसबर्गमा स्वास्थ्य सामग्रीलगायत खाद्यान्न वितरण गरेको छ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अमेरिकामा समेत ठूलो असर पारेकाले स्वास्थ्य सामग्रीलगायतका वस्तु वितरण गरिएको संस्थाले जनाएको छ। यसबाट करिब एक हजार १०० नेपालीभाषीलगायतका होम केयरका सेवाग्राही र कर्मचारी लाभान्वित भएका छन्।

राहतमा ४० पाउण्ड बास्मती चामल, चार पाउण्ड हरियो केराउ, दाल चार पाउण्ड, चना, जिरा, मसला, हल्दी, चियापत्ती, चिनी, नुन, बदामको पेय पदार्थ, तोरी तेल, रमपम, आलु, भुजिया, थुक्पालगायत स्वास्थ्य सामग्रीमा मास्क ५० वटा, एक बक्स पन्जा, ५०० एमएलको ह्यान्ड स्यानिटाइजर, टायलेनोल एक थान, हाइड्रोकर्टसिन हरेक कर्मचारी र सेवाग्राहीलाई वितरण गरिएको थियो।

संस्थाका निर्देशक नविन्द्र आचार्यले यस कार्यक्रमबाट यस्तो महामारीको अवस्थामा सेवाग्राहीले निकै राम्रो राहत पाएको बताए। उक्त कार्यक्रम स्वतारा टाउनशिप कमिस्नर टम कोनोली, स्वतारा प्रहरी विभाग लगायत संस्थाका प्रोप्राइटर भुवानी को
राला, एचआर प्रबन्धक अभि न्यौपाने, कार्यालय प्रबन्धक यदु निरौला, मित्र धिमाल, भुवानी महत, कृष्ण खड्का, गोभिन आचार्य, लक्षु धमला, महा(प्रबन्धक उदय आचार्य साथै अन्य विशिष्ट व्यक्तीको उपस्थितिमा ५६२० डेरी स्ट्रिट ह्यारिसबर्गमा भएको हो।

क्रिएटिभ होम केयरको स्थापना सन् २०१७ मा भएको हो। उक्त होम केयर संस्था नेपालीभाषी भुटानीहरूले स्थापना गरेका हुन्। यसको मुख्य कार्यालय पेन्सलभेनियामा छ र यसका शाखाहरूः पिट्सबर्ग, ह्यारिसबर्ग, मेकानिक्सबर्ग, इरी, स्क्र्यान्टन, र ल्यानकास्टरमा छन्। संस्थाले अरू शाखामार्फत यस्तै सामग्री वितरण गर्ने योजना बनाएको छ। नेपालीभाषी भुटानीहरूको दोस्रो ठूलो संख्या रहेको पेन्सलभेनिया अमेरिकाको कुल जनसंख्या करिब १ करोड २८ लाख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.