|

भक्तपुर : भक्तपुर नगरपालिकाले ऐतिहासिक रानी पोखरीको जिर्णाेद्वार पुनः सुरु गरेको छ। कोरोना भाइरसको महामारीका कारण रोकिएको जिर्णोद्वारलाई नगरपालिकाले केही दिनअघि पुनः सुरु गरेको हो।

नगरपालिकाको वार्षिक योजनाअनुरुप उपभोक्ता समितिमार्फत पोखरी जिर्णोद्वार भइरहेको छ। नपाले पोखरी जिर्णोद्वारका लागि श्यामसुन्दर बाटीको अध्यक्षतामा रानी पोखरी पुनर्निर्माण उपभोक्ता समिति समेत गठन भएको छ। हाल पोखरी परिसरमा पेटी निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ। पोखरी वरिपरिको पर्खाल निर्माणको कार्य सम्पन्न भइसकेको छ। 

भक्तपुरको रानीपोखरी काठमाडौंको रानी पोखरीभन्दा पनि पुरानो हो। यहाँको रानी पोखरी नेपाल सम्बत ७५० (वि.सं. १६८७) मा राजा जगज्योति मल्लले निर्माण गरेका हुन्। सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हाताभित्र रहेको रानीपोखरी पुतली बगैंचासहित करिब ३२ रोपनी क्षेत्रफलमा फैलिएको इतिहास छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.