|

आज कुशे औंशी। आजको दिन विशेष गरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ। 

यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ। 

 मन्दिर छिर्ने चारवटै नाकामा प्रहरी  राखिएको छ। तर स्नान तर्पण तथा पिण्डदान गर्नका लागि खोलामा मानिसहरु पुगेका थिए। कोरोना भाइरसको संक्रमणका कारण निषेध गरिए पनि मानिसहरु खोलामा नुहाउन र पूजाआजाका लागि पुगेका थिए। 

यस्तो देखियो उत्तरगया गोकर्णेश्वर

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.