|

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको  राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

मंगलबार काठमाडौंको लैनचौरस्थित निवासमै निधन भएका घिमिरेलाई बुधबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो।  राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । स्वर्गीय राष्ट्रकवि घिमिरेलाई शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायतका व्यक्तिहरु  बुधबार बिहान उनको निवास लैनचौर पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

 राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो।  वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गरेका थिए।  छोरा राजीव घिमिरेका अनुसार उनको १०१ वर्षमा निधन भएको हो।

  घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार थिए। उनले बाल्यकालदेखि नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा निरन्तर कलम चलाउँदै आएका थिए। उनको निधनले नेपाली साहित्यको एक युग सकिएको महसुस गरिएको छ।
​​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.