|

बस्टन (अमेरिका) : एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए) का पूर्वअध्यक्ष तथा संस्थापक डा. अमर गिरीको निधन भएको छ। 

नेपालको जनकपुरमा जन्मेका गिरीको निधन गत सोमबार पेन्सेलभेनियास्थित ल्यानकास्टरमा भएको हो। गिरी ८१ वर्ष थिए। गिरीको परिवारमा १०३ वर्षकी आमा, श्रीमती, छोरीलगायत छन्‌।

पाकिस्तानमा समेत उच्चशिक्षा लिएर सन् १९७१ मा अमेरिका आएका गिरीले खाद्य प्राविधिकका रूपमा विभर चिकन र केलोग्स काम गरेका थिए। मेरिल्याण्ड, न्यु ह्याम्सर र पछि पेन्सेलभेनियाको ल्यानकास्टरमा स्थायी बसोबास गर्दै आएका थिए।

उनी सन् १९९१-१९९५ मा एएनएका अध्यक्ष थिए। सन् १९८३ जुलाईमा स्थापित एएनएमा हालसम्म एक दर्जन बढी अध्यक्ष भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.