|

काठमाडौं : जोरपाटी–सुन्दरीजल सडक वर्षौ वर्षदेखि बेहाल अवस्थामा छ। अहिले पानी जमेर पोखरी बनेका छन। कुनै ठाउँमा ठूलठूला खाल्डा छन्। कुनै सरोकारवाला निकायले ग्राभेल पनि गर्न सकेका छैनन्।

७ किलोमिटरसडक निर्माणका लागि आशीष‍-सिएम जेभीसँग २०७३ सालमै २०७५ साल असोज महिनामा सक्ने गरी करिब ५४ करोडमा ठेक्का सम्झौता भएको थियो। तर, ठेक्का सम्झौता मिति सकिँदा पनि अहिले सम्म सडक बन्न सकेको छैन।

सडक नबन्दा सर्वसाधारण एक युद्धको अनुभव झेल्न बाध्य छन। ठेकेदार र सरकारको आलटाल नै यसको प्रमुख कारण हो। पूर्वाधार तथा यातायात मन्त्रालय र गोकर्णेश्वर नगरपालिकासँग भएको ठेक्का सम्झौता अनुसार सार्वजनिक जग्गा भएकोमा २२ मिटर र व्यक्तिगत जग्गा भएको स्थानमा सडक १४ मिटर चौडा गर्नुपर्ने छ।
 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.