|

काठमाडौं : संक्रमितहरु आइसोलेसनमा बस्दा समस्या हुन सक्ने हुन्छ, खानपिनमा पनि भनेजस्तो नपाइन सक्ने भएकाले आइसोलेसनमा जे भेटिन्छ त्यसैलाई मीठो मानेर खान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। 

‘खोजेराजे जस्तो खानपिन खान भनिएको छ। तर जे पाइन्छ त्यही खान अनुरोध गरिन्छ।’ मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने, ‘आइसोलेसनमा स्वाथ्यकर्मीबाट सेवा सल्लाह लिनुपर्छ र अनुशासित भएर जनस्वास्थ्यका मापदण्ड अपनाएर बस्नुपर्छ। आइसोलेसनमा बस्दा भरसक सफा सुग्गर र पोसिलो खाने कुरा खान पनि उनले आग्रह गरेका छन्। 

साथै उनले राजधानी र सहरमा संभ्रान्त परिवार भनिएकाले नै कोरोनाबारे नकारात्कम कुरा गरिरहेका आरोप लगाएका छन्। ​आइसोलेसमा बस्दा पनि सक्दो सहयोग गर्ने बानी बसाउन उनले आग्रह गरेका छन्। साथै उनले याे महामारीमा एक अर्काबीच सक्दाे सहयाेग गर्ने बेला भएकाले  देशलाई यस्ताे संकट परेकाे बेला सहयाेग नगरे कहिले गर्ने भनी प्रश्नसमेत गरेका छन्। ​​

साथै अन्त्यमा उनले निशेषाज्ञा लागु गरिएको र यसलाई सबैले पालना गर्न र यसबाट बच्न हार्दिक आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.