प्रहरी भन्छ : खोजी हुँदैछ, भेटिएका छैनन्

|

पर्सा : कोरोना संक्रमित भई वीरगन्जको कोभिड अस्पतालमा उपचार गराइरहेका २ थुनुवा अस्पतालबाट नै फरार भएका छन्।

नारायणी अस्पतालको अस्थायी कोभिड विशेष अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचार गराइरहेका २ थुनुवा अस्पतालबाट गएराती फरार भएका हुन् ।

उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए। २०–२५ वर्ष उमेर समूहका दुई युवा आज बिहान २ बजे अस्पतालबाटै फरार भएको उनले बताए।

वडा प्रहरी कार्यालय विर्ताको थुनुवा कक्षमा रहेका वीरगन्जको नगुवाका छोटु तिवारी र साविक सर्लाही घर भई हाल वीरगन्जमा नै बस्दै आएका रामु माझी यही साउन १ गते संक्रमित पुष्टि भएका थिए।

त्यही समयदेखि उनीहरुलाई आइसोलेशन हुँदै अस्थायी कोभिड अस्पतालमा नै भर्ना गराएर उपचार सुरु गराइरहेको थियो वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुले बताए। 

त्यही क्रममा उनीहरु त्यहीँबाट फरार भएका छन्', उनले भने, 'सार्वजनिक मुद्दा चलिरहेका उनीहरु अहिलेसम्म फेला परेका छैनन्। फरार युवाहरुको घर लगायत उनीहरु लुक्न सक्ने विभिन्‍न ठाउँमा खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.