|

काठमाडौं : सरकारले बुधबार मध्यरातिदेखि काठमाडौं उपत्यकामा एक सातालाई निषेधाज्ञा गरेको छ। यस क्रममा अत्यावश्यक कामबाहेक मानिसहरुलाई घरबाहिर ननिस्‍किन भनिएको छ। 

तर पनि सार्वजनिक स्थानमा मानिसहरुको चहलपहल हुन छाडेको छैन। अहिले पनि बैंक तथा वित्तीय संस्थामा मानिसको भीड उस्तै छ। सरकारले बैंकहरुलाई आधा मात्रै कर्मचारी खटाएर सञ्‍चालन गर्न भनेको छ।

कामाडौंका तीनै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गर्ने क्रममा सामाजिक तथा भौतिक दूरीमा विशेष जोड दिएका थिए। तर अहिले उपत्यकाका सबैजसो बैंकले त्यस कुरालाई पालना गरेको देखिँदैन।

बैंकमा आउने ग्राहकलाई न्यनूतम् स्वास्थ्य सुरक्षा तथा दूरी कायम गराउन नसक्दा कोरोना फैलिने जोखिम बढेको छ। मानिसहरु बैंकमा न्यनूतम् दूरी कायम नगरी जम्मा हुँदा समस्या भएको हो। 

काठमाडौं उपत्यकामा दिनमा दुई सयको हाराहारीमा कोरोना संक्रमित भेटिइरहेका छन्। यस्तो अवस्थामा सरकारको निर्देशनको पालना नगरी बैंकहरु सञ्‍चालन गरिँदा कोरोना अझै फैलिने अवस्था छ। 

हेर्नुस् फोटो फिचर

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.