|

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले काठमाडौं उपत्यकामा कोभिड-१९ का बिरामीलाई भर्ना गर्न परे स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने नियमको बिरोध गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार मन्त्रालयका चारजना अधिकारीहरुको सिफारिसमा मात्रै अस्पतालमा विरामी भर्ना गर्न पाउने निर्देशन दिएको थियो।

‘यो निर्देशनको अर्थ के हो? भनेर प्रश्‍न गर्दै ‘बिरामी भर्ना गर्नुपूर्व अस्पताल वा बिरामीले मन्त्रालयको सिफारिस लिनुपर्ने भन्‍ने हो भने यस्तो विवेकहीन र अव्यवहारिक कुराको कल्पना पनि गर्न सकिन्‍न', नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मेन्सन गर्दै नेता थापाले विज्ञप्तिमा लेखिएको भन्दा फरक आदि भए प्रष्ट पारिदिन पनि आग्रह गरेका छन्।

यसअघि जनस्वास्थ्य विज्ञहरुले पनि गम्भीर बिरामीलाई समेत अस्पताल भर्ना गर्दा मन्त्रालयको अनुमति लिनुपर्ने नियम व्यवहारिक नभएको बताइसकेका छन्।

तर, मन्त्रालयले भने लक्षण देखिएको बिरामीलाई अस्पतालमा र लक्षण नभएकाहरुलाई आइसोलेसनमा राख्‍न यस्तो निर्णय गरिएको बताएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.