|

काठमाडौं : गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘हुन्छ खोसा खोस’ बोलको गीतमा सुनिल बिसीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको छ।

सार्वजनिक गीतको भिडियोमा सागर लम्साल, मञ्जिल बस्नेत, प्रिज्मा-प्रिन्सी खतिवडाको अभिनय रहेको छ। डान्सिङ शैलीमा तयार भएको यस गीतको भिडियोमा सागर र प्रिज्माले जोडी बाँधेका छन् भने मञ्जिलसँग प्रिन्सीको जोडी देखाइएको छ।

'भद्रगोल' र 'सक्किगोनी'बाट चर्चामा आएका सागर लम्साल ‘बले’ र टिकटकबाट आएका मञ्जिल तथा प्रिज्मा-प्रिन्सी चार जनाले दोस्रो पटक भिडियोमा एकसाथ काम गरेका हुन्। उनीहरुले यस अघि ‘रनभुल’ बोलको गीतमा सँगै काम गरेका थिए। प्रिज्मा-प्रिन्सीसँग सागरले मात्र भने आधा दर्जन बढि भिडियो गरिसकेका छन्।

राजीव समरको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई राम कुमार केसीले खिचेका हुन्। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा कलर गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.