|

काठमाडौ : उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै छ। उपत्यकामा दैनिक दुई सय भन्दा बढी संक्रमित थपिँदै छन्। उपत्यकाका ३ जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरमा संक्रमितको संख्या अत्याधिक बढदै गए पछि निष्धाज्ञामा थप कडाइ गरिएको हो।

मर्निङ वाक गर्नेदेखि दैनिक उपभोग्य वस्तु खरिदमा भीडभाड गर्नेलाई कारबाही सुरु गरिएको छ।  त्यस्तै निषेधाज्ञा उल्लङ्घन गर्नेहरूमाथि सडक कारबाही पनि कडा पारिएको छ ।

बाटोबाटो गल्ली गल्लीमा प्रहरी जवानहरु खटाईएको छ। सवारी चेकजाँचमा कडाई गर्दै अनावश्यक हिड्डुल गर्नेहरुलाई होल्डिङ सेन्टरमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.