एजेन्सी : बलिउड अभिनेत्री अनुष्का शर्मा आमा बन्ने भएकी छिन्। सामाजिक संजालमा श्रीमान विराट कोहलीसँगको तस्वीर सार्वजनिक गर्दै अनुष्काले आफू आमा बन्न लागेको बताएकी हुन्।
अनुष्काले आगामी जनवरीमा आफू आमा बन्न लागेको जानकारी दिएकी छिन्। उनले लेखेकी छिन्, 'अन्तत: हामी ३ बन्ने क्रममा छौं।'
अनुष्का र विराटको जोडीलाई सुन्दर जोडीका रुपमा हेर्ने गरिन्छ। लामो समय प्रेममा रहेर उनीहरूले विवाह गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।