चार्टर उडानबाट हालसम्म २९० शव नेपालमा

|

काठमाडौं : पाँचौ चरणको उद्धार उडान सुरु भएपछि मलेशियाबाट एकैदिनमा १५ वटा शव नेपाल ल्याइएको छ। शुक्रबार बिहान पौने ८ बजे नेपाल एयरलायन्सको जहाजबाट १५ वटा शव ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

कोरोना भाइरसको कारणले अन्तर्राष्ट्रिय उडान रोकिएपछि विदेशमा ज्यान गुमाएका नेपाली कामदारका शव अलपत्र परेको थिए। उद्धार चार्टड उडान सुरु भएपछि विभिन्‍न मुलुकबाट अहिलेसम्म २ सय ९० भन्दा बढी शव नेपाल ल्याइएको छ।

पछिल्लो चरण सरकारले विदेशमा भिसा सकिएर अलपत्र परेका नेपालीको उद्धार गर्न चार्टर गरिएको विमानमा नेपाली कामदारको शव ल्याउन थालिएको छ। शुक्रबार मात्र मलेशियाबाट १५ वटा शव नेपाल आएका हुन्।

'काभ्रे, रुपन्देही, झापा, महोत्तरी, सोलुखुम्बुको १ र गुल्मीको २ वटा शव आज आएका छन्,' वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनबन्धु सुवेदी भन्छन,'अन्य जिल्लाका आएका छन्। गृह जिल्लामा लगि आ-आफ्नो परिवारको सांस्कृतिक परम्परा अनुसार मृतकको अन्त्येष्टि गरिने भएको छ।'  

उनका अनुसार नियमित उडान हुन नसक्दा विदेशमा शव अड्किएका थिए। चार्टड उडानमा भएपनि शव नेपाल ल्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.