|

काठमाडौं : कोरोनाको पिसिआर परीक्षणका लागि १२५ जना फोटो पत्रकारहरूको स्वाब संकलन गरिएको छ।

राष्ट्रिय फोटो पत्रकार समूह एनएफिजे नेपाल र फोटो पत्रकार क्लबमा आवद्ध रहेका र विभिन्न सञ्चार गृहमा कार्यरत १२५ जना फोटोपत्रकारहरूको पिसिआर परीक्षणका लागि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा स्वाब संकलन  गरिएको हो।

विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्‍य मन्त्रालयको समन्वयमा आज (शुक्रबार) कोरोना परीक्षणका लागि उनीहरूको स्वाब संकलन गरिएको हो।

पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मी पनि जोखिममा रहेपछि उपत्यकामा परीक्षण तीव्र पारिएको छ। स्वास्थ सेवा विभाग टेकुको सहयोगमा स्वाब निकाल्‍न कार्य सम्पन्‍न भएको हो।

हाल काठमाडौंमा रहेका फोटो पत्रकाहरूलाई कोभिड-१९ पोजेटिभको लक्षण देखिएकाले अग्रपक्ङ्तिमा कार्यरत सम्पूर्ण फोटो पत्रकारको स्वाब संकलन गरिएको एनएफपिजे नेपालका महासचिव प्रदीपराज वन्तले बताए।

केही तस्वीर झलक :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.