|

काठमाडौं :  यतिबेला कोरोनाको महामारीमा छ। उपत्यकालगायत देशका विभिन्‍न स्थानहरूमा निषेधाज्ञा जारी छ। सडकमा तोकिएबाहेक अरू सवारीहरू चल्‍ने अवस्था छैन। 

महामारीको समयमा सहजै उपलब्ध हुने एम्बुलेन्स एक भरपर्दो सवारीसाधन बनेको छ। चाहे उपत्यकाबाहिरबाट बिरामी लिएर आउने होस् चाहे उपत्यकाभित्रै बिरामी बोक्‍न होस् बिरामी बोक्‍ने एम्बुलेन्सलाई मात्र सडकमा हिँड्ने अनुमति छ।

त्यसैले पनि एम्बुलेन्स चालकले दिन रात नभनी निरन्तर सेवा दिइरहेका छन्। निषेधाज्ञाको अहिलेको समयमा काठमाडौं उपत्यकाका सडकमा दैनिक ५ सयभन्दा बढी एम्बुलेन्स ओहोरदोहोर गर्ने गरेको अनुमान छ।

काठमाडौं महानगरपालिकाका एम्बुलेन्सले गम्भीर प्रकृतिका बिरामी र कोरोना संक्रमितका बिरामीलाई घर-घरमा पुगेर सेवा दिइरहेका छन्। काठमाडौं महानगरपालिका, रेडक्रस, निजी अस्पताल र सरकारी अस्पतालका एम्बुलेन्सले बिरामीलाई सेवा दिइरहेका छन्।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.