|

काठमाडौं :  यस वर्षको गजल प्रतिभा पुरस्कार तनहुँका डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ। गजल सन्ध्या, पोखराद्वारा नेपाली गजल क्षेत्रको स्तरवृद्धीको लागि योगदानको कदर गर्दै यो सम्मान दिन लागिएको सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए।

सन्ध्याका सल्लाहकार तथा पूर्वअध्यक्ष दीपक समीपको संयोजकत्वमा प्रतिभा छनोट समितिको सिफारिसमा गजल सन्ध्याले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको  भण्डारीले बताए।

एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित रु. १ लाखको अक्षयकोषबाट प्रदान गरिने पुरस्कारमा नगद  १५ हजार, ५ सय ५५, सम्मानपत्र र दोसल्ला रहेको छ।

हाल मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालमा कार्डियो थोरासिक एण्ड भास्कुलर सर्जनका रुपमा कार्यरत उनका मेरो भन्नु केही छैन’ र ‘तलाश’ गरी २ गजलसङ्ग्रहका साथै ‘धुवाँको धागो’ नामक कवितासङ्ग्रह प्रकाशित छन्।गण्डकी प्रदेशका एक जना गजलकारलाई  हरेक वर्ष यो पुरस्कार प्रदान गरिने गरिन्छ।

अलराउन्डर डाक्टर : ताली खाने रहरले बनायो कवि

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.