|

काठमाडौं : चीनको उहानबाट निकै वेगका साथ फैलिएको कोरोना भाइरस महामारी हिमाल नाघेर नेपालको सर्लाहीस्थित बरहथवा पिपरभिट्टासम्म आइपुगेको छ। संक्रमितको संख्या बढिरहेको छ, धेरै मानिसहरू उपचारपछि घर फर्किसकेका छन्।

​कोरोना संक्रमण र उपचारका क्रममा समाजका अनेक चरित्र र गतिविधि देखिने गरेको छ। संक्रमितदेखि चिकित्सकसम्म समाजको यो प्रवृत्तिको चेपमा परेका छन्‌। पिपरभिट्टाका संक्रमित सुदीप उप्रेतीले पनि यस्तै भोगिरहेका छन्‌।

​होम आइसोलेसनमा बसिरहेका सुदीपले यो बीचमा जे भोगे, त्यो सुन्दा नेपाली समाजको सामूहिक ऐक्यबद्धता र भावना महामारीको बहानामा कतै अलप हुँदै त छैन भन्ने लाग्छ। विगत १५ दिनदेखि आइसोलेसनमा बस्दा भोगेको कोरोना अनुभव उप्रेतीले थाहाखबरलाई यसरी सुनाए :

म सर्लाहीको बासिन्दा हुँ। साउन १५ गते नगरपालिकामा काम भएको भन्दै ३ जना साथीसहित घरबाट निस्किएको थिएँ।

त्यसरी हिँडेको केही दिनमा नै तीनमध्ये एक जना साथीलाई कोरोना संक्रमण पुष्टि भएछ। त्यसपछि उहाँलाई भेटेका सबै साथीको कोरोना परीक्षण सुरु भयो। २२ गते कोरोना परीक्षण गरेपनि नतिजा ३१ गते बेलुका मात्र आइपुग्यो।

खबर नेगेटिभ थियो, कोरोना पोजेटिभ। कोरोनाको उद्‌गमविन्दुदेखि देशका विभिन्न क्षेत्रमा हुँदै आफैँलाई कोरोना देखिएपछि अलिअलि दकस, अलिअलि सकस र अलिअलि डर चाहिँ लागेको हो। ठूलै हलचल मच्चिएझैं गरी ३२ गते बिहान सबै जना मेरो घरमा जम्मा भए।

त्यहाँ सर्प हिँडिरहेको देख्छु। मलाई सुरुमा डर लागेको हो। डर लागेर जाने ठाउँ पनि अर्को थिएन। सर्पले टोके औषधि गरौंला, किनभने टोकाइको औषधि छ। मेरो कारणले अर्कोलाई कोरोना लाग्यो भने त्यसको औषधि पाइँदैन। मनलाई दरो बनाउन यस्तो विचार आएपछि म सर्पले ओत लगाएको घरमै बसिरहेको छु।

लक्षण केही नभएकोले डर लामो समय टिकेन। बिडम्बना चाहिँ यो रह्यो कि कोरोना परीक्षण नतिजा ढिलो आएकोले यो बीचमा मैले धेरै साथीभाई र गाउँलेलाई भेटिसकेको थिएँ। मेरो सम्पर्कमा आएका कुनै पनि व्यक्तिलाई कोरोनाको लक्षण देखिएको छैन। उहाँहरूलाई कोरोना नदेखियोस् भन्ने कामना छ।

कोरोना पोजेटिभ देखिएपछि म वर्षौं पहिलेदेखि बस्‍न छोडेको आफ्नै पुरानो घरमा होम आइसोलेसनमा बसिरहेको छु। त्यो घरले आज मलाई आश्रय दिएको छ। तर, कहिल्यै नबसेको भएर होला : त्यहाँ सर्प हिँडिरहेको देख्छु। मलाई सुरुमा डर लागेको हो। डर लागेर जाने ठाउँ पनि अर्को थिएन। सर्पले टोके औषधि गरौंला, किनभने टोकाइको औषधि छ। मेरो कारणले अर्कोलाई कोरोना लाग्यो भने त्यसको औषधि पाइँदैन। मनलाई दरो बनाउन यस्तो विचार आएपछि म सर्पले ओत लगाएको घरमै बसिरहेको छु।

पहिले मेरो घरको आँगन हुँदै बाटो हिँड्नेहरू तर्किए। उनीहरू पर-परबाट भागेको देखिरहेको हुन्छु। त्यसबेला निकै दु:ख लाग्छ। अन्य समय कुनै अफ्ठ्यारो भयो भने 'सुदिप!' भन्दै समस्या सुनाउन आउनेहरूले कोरोना संक्रमण भएपछि अपराधी जसरी व्यवहार गर्दा दुख चाहिँ लागेको छ। कुनै बेला आँखाकाे नानी बनेकाे मान्छे कोरोना संक्रमण भएपछि त्यही आँखाकाे कसिङ्गर बन्न पुगेको छु।

पहिले निकै केटाकेटी जम्मा हुन्थे। अहिले आइसोलेसनको आँगनमा दुई जना मात्र खेलिरहेको देख्दा मन खिन्न हुन्छ। ती दुई जना नानीहरू मेरा बालबच्चा हुन्न। नानीहरू फलेकको हरेक चेपबाट मेरो अनुहार हेर्छन्। म भएको ठाउँ आउन खोज्छन्। म आफैँ टाढिन्छु। कस्तो धर्मसंकट! सन्तानले बुबा खोज्दा, बुबा तर्किनुपर्ने।

कोरोना संक्रमण हुनुअघि गाउँलेहरूलाई आवश्यक पर्दा सबै काममा सघाउथेँ। गाउँमा सामान ल्याउने र कोरोना संकटमा गाउँलेलाई अफ्ठ्यारो नहोस्‌ भनेर काम गरेको थिएँ। मलाई कोरोना लागेपछि 'गाउँमा गफ लडाएर हिँड्थ्यो, बजारमा डुलिरहेको हुन्थ्यो' भनेर कुरा गरेको सुन्दा निकै खिन्न महसुस भइरहेको छ।

बच्चाहरू एकै ठाउँमा बस्न सक्दैन। मेरो दुई वटा साना बाबू नानी छन्‌। मलाई कोरोना लागेपछि उनीहरू पनि दुई जना खेलिरहेको देख्छु। गाउँलेले मेरा बच्चाहरूलाई 'हाम्रोमा नआउ' भनेका छन्‌ या छैनन्‌, त्यो मलाई थाहा छैन।

पहिले निकै केटाकेटी जम्मा हुन्थे। अहिले आइसोलेसनको आँगनमा दुई जना मात्र खेलिरहेको देख्दा मन खिन्न हुन्छ। ती दुई जना नानीहरू मेरा बालबच्चा हुन्न। नानीहरू फलेकको हरेक चेपबाट मेरो अनुहार हेर्छन्। म भएको ठाउँ आउन खोज्छन्। म आफैँ टाढिन्छु। कस्तो धर्मसंकट! सन्तानले बुबा खोज्दा, बुबा तर्किनुपर्ने।

आइसोलेसनमा बसेका बुबालाई ढोकाको चरबाट हेर्दै गरेका छोराछोरी ।

यतिमात्र होइन, हाम्रो घरमा खाना खाने कुकुरलाई समेत गाउँलेले आफ्नो घरमा आउन दिइरहेका छैनन्‌। लखेटिरहेको देख्छु। त्यसबेला जाबो एउटा भाइरसले मानवतालाई कसरी धूमिल बनाएको होला भन्ने सोच्छु।

कोरोना लागेपछि अन्य समयभन्दा अलि छिटो बिहान ४ बजे मर्निङ्वाकका लागि बाहिर निस्किएको थिएँ। एक जना साथीले बिहानै मलाई एक्लै हिँडेको देख्नुभएको थियो। भोलिपल्ट बजारमा कोरोना संक्रमित खुलमखुला बजार डुलेको छ भनेर हल्ला फैलिएछ। त्यसपछि म कोठा बाहिर निस्किएको छैन।

आइसोलेसनमा बसिरहँदा एउटा घटना घट्यो। मेराे छिमेकी गाउँमा माझी टाेल छ। त्यहाँ बस्ने एक जना दाजुले मैले पाेषिलो खानेकुरा खाँदा कोरोनामुक्त हुने विश्वासले दशैँका लागि राखेकाे एउटा भाले ल्याउनुभएको थियो। मैले उहाँको नाम पनि भन्न सक्थेँ, तर मेराे गाउँघरका ठूलाबडाले बाटामा राेकेर 'किन कोरोना संक्रमितलाई भेट्न गइस्‌?' भनेर गाउँबाट बहिस्कार गर्लान् भन्ने डर मनमा छँदैछ।

मासु पौष्टिक आहारा हो वा होइन, त्यो फरक कुरा हो। यद्यपी, कोरोनाको डरैडर खेपेर पनि कसैले मप्रति देखाएको प्रेम र स्नेह कुनै औषधिभन्दा कम छैन।

कतिपयले कोरोना लागेपछि लुकाउने र स्वाब संकलन गरेपछि गलत ठेगाना दिने गरेको पाइएको छ। तर, मैले भने आफू संक्रमित भएको जानकारी सार्वजनिक गरिदिएँ। मलाई थाहा छ, समुदाय अलिक दुर होला, तर नजिकका आफन्त र साथीभाइले हिम्मत र महामारीसँग लड्न आँट दिन्छन्‌ भन्ने लोभ थियो। उनीहरूले दिएको हिम्मतले म साँच्चै नै पुलकित भएको छु। गएको बुधबार मेरो परिवार र टोलका अन्य व्यक्तिको स्वाब नमुना परीक्षण गरिएको छ। सम्भवत: सबैको रिपोर्ट नेगेटिभ आउला भन्ने आशा गरेको छु।

म कोरोनामुक्त भएपछि साथीहरूले दिएजस्तै हिम्मत म अन्य संक्रमित दिनेछु। सरकारलाई प्लाज्मा थेरापीका लागि मेरो आवश्यकता पर्‍यो भनेपनि म रगत दिन तयार छु।

कसले मलाई के गरे? त्यो जीवनको एक हिस्सा भएर बस्ला। खराब मान्छे हुँदो रहेनछ, परिस्थिति हुनेरहेछ। खराब नियत हुँदैन रहेछ, दृष्टिकोण हुने रहेछ। यसकारण म समाजलाई दोष दिन चाहन्नँ। कोरोनालाई जसरी व्याख्या गरिएको छ : यो आफैँमा डरलाग्दो रोग होइन। यो एउटा हाउगुजी मात्र हो। समाचार भन्दै अनेक खालका झुठा सन्देश फैलाउने गरेका केही मिडियाले कोरोनालाई हाउगुजी बनाउन थप मलजल गरिरहेको छ।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.