दैलेख : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-१ नाग्ममा शनिबार राति गएको पहिरोले चारवटा घर पुरिएका छन्। घरमाथिको सडक पहिरोका रुपमा खसेपछि चार घर पुरिएको हुन्।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्याम बाबु ओलियाले पहिरोमा पुरिएर १ जनाको मुत्यु भएको, २ जनाको जीवितै उद्धार गरिएको र १२ देखि १३ जनासम्म पहिरोमै पुरिएको अनुमान गरिएको थाहा खबरलाई जानकारी दिए। उनले अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको बताएका छन्।
प्रहरीका अनुसार ४ वटा घरमा कति जना रहेका थिए भन्ने नखुलेकाले १२ देखि १३ जना परीएको अनुमान रहेको प्रहरी प्रमुख ओलियाले बताए। घटनाको थप विवरण आउन बाँकी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।