|

काठमाडौं : कोरोना महामारी नियन्त्रण गर्न भन्दै लगाइएको लकडाउन र निषेधाज्ञाका कारण यतिखेर काठमाडौं सुनसान छ। झन्डै ४ महिनाको लकडाउन भोगेका काठमाडौंंवासी यतिखेर निषेधाज्ञा झेल्दैछन्‌।

संक्रमण र मानवीय हताहतीको पीडा त छँदैछ। सँगै, बाहिर निस्कँदा आफू पनि संक्रमित हुने र ज्यान नै जोखिममा पर्ने खतराका कारण यतिखेर काठमाडौंका सडक पनि सुनसान प्राय: छ। 

तर यतिखेर काठमाडौंको पर्यावरण यसअघिका वर्षहरूभन्दा निकै फेरिएको छ। मानवीय चाप र अतिक्रमण एवम्‌ प्रदुषणका कारण सधैँ उजाड देखिने सडक किनार र ग्रीनबेल्टमा हरियाली छाएको छ। मानिसले पटक-पटक भाँच्ने गरेका फूल र रुख बिरुवाहरू यसपटक निस्फिक्री हुर्कन/फक्रन पाएका छन्‌।

​शहरी सौन्दर्य चाहिने पनि मानिसलाई नै, सौन्दर्य बिगार्ने पनि मानिस नै ! मानवीय चाप या असर नपर्दा शहरलाई पनि प्रकृतिले सकेको न्याय चाहिँ गर्दिरहिछन्‌। मानिसहरूले महामारी झेलिरहँदा यसपटक अव्यवस्थित शहरीकरण भएको काठमाडौं उपत्यका हराभरा देखिनुले यही पुष्टि गर्छ।

महामारी नियन्त्रणमा आएपछि फेरि मानिसहरू घरबाट निस्कनेछन्‌। फेरि सडक सौन्दर्यका लागि लगाइएका फलफूलका बोटबिरुवा भाँच्‍ने होलान्‌। तर, यतिखेर चाहिँ काठमाडौंलाई प्रकृतिले साँच्चै छाँद हालेकी छिन्‌।

तस्बिरहरू :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.