|

काठमाडौ : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण आज विश्वको अर्थतन्त्र नै धरापमा परेको छ। यसले ठूला- ठूला व्यापार व्यवसायदेखि  सामान्य रुपमा दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्नेहरुलाई सम्म प्रभाव परेको छ।

नेपालमा पहिलो चरणको लकडाउन गरिसकेपछि सरकारद्वारा लकडाउनको अन्त्यको घोषणा पनि भयो तर कोभिडको समस्या अझै जटिल हुँदै गएपछि यस महामारीबाट बच्न उपत्यकामा निषेधाज्ञा छ। यसले मानिसको दैनिकमा  गुजारा चलाउनै कठिन छ।

दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरूलाई  झन समस्या छ।  काम नपाएपछि  दिनभर कमाएर खानेहरू अहिले बसन्तपुर,असन, ठमेलका पाटी पौवामा सुतेरै दिन बिताउँछन्।

नुवाकोट घर भइ हाल असनमा भरियाको काम गर्दै आएका हरि बि.क भन्छन्। 'दिउँसो केही काम पाई पो हाल्छ कि भनेर नाम्लो लिएरै आउँछु। अनि यहि सुतेर दिन कट्छ। खाना चाहिँ बसपार्कमा बाडेको खाने गरेको छु।' उनी थप्छन, 'यस्तै हो भने खानै नपाएर मरिने भो परिवार पाल्न सक्ने त कुरै भएन। श्रीमती पनि पसलहरूमा सामान मिलाउने झाडु पोछा लाउने काम गर्थी त्यो नि छुट्यो।' यसरी मारमा परेका मजदूर जो पार्टी र मन्दिरको सत्तलमा सुतेर दिन बिताइरहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.