|

पर्वत : धार्मिक सहिष्णुताको उदाहरण पस्किएको हिमालपारिको जिल्ला मुस्ताङ आन्तरिक र बाह्य पर्यटकहरूको रोजाइमा पर्ने महत्त्वपूर्ण गन्तव्य हो। हिन्दु धर्ममा आस्था राख्नेहरूको रोजाइमा रहेको मुक्तिनाथ मन्दिर रहेको मुस्ताङ बौद्ध धर्मावलम्बीहरुले आस्था राख्ने गुम्बाहरूको संख्या पनि उस्तै छ।

नेपालको मरुभूमिका नामले पनि परिचित मुस्ताङ धर्म सँगसँगै प्राकृतिक सुन्दरता नियाल्न पनि उत्तम केन्द्र हो। शालिग्राम शिला पाइने एक मात्र नदी कालीगण्डकीको उद्गमस्थल रहेको मुस्ताङमा मानव निर्मितभन्दा प्राकृतिक दृश्यको सुन्दरता अनुपम छ।

हिमालदेखि ताल, बलौटे माटोले ढाकिएका साना साना टाकुरा, खोँच भित्र-भित्रै बगिरहेको पानी र त्यही खोँचबाट हुने सवारीको यात्रा, होचा एक तले भर, थकाली र केही मात्रामा गुरुङहरूको शैली र परम्परा मानिसले नै बनाएका गुम्बा र कलात्मक बस्तुहरूले पनि सबैको मन लोभ्याउँछन्।

पर्यटकहरूले सदैव भरिभराउ हुने मुस्ताङ हिजोआज भने सुनसान बनेको छ। कोभिड १९ को जोखिमका कारण लागू भएको लकडाउन र त्यसपछिको अवस्थाका कारण चहलपहल शून्य बने पनि अवस्था सहज बन्नासाथ मुस्ताङको रौनकता फेरि पनि पुरानै लयमा फर्किनेछ।

मुस्ताङको आकर्षण झल्काउने केही तस्वीर झलक :                                

 

 

   

                                                                                                                                    फोटो सौजन्य : छेप्तेन गुरुङ

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.