|

काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमणबारे मिथ्या समाचारहरु प्रकाशन प्रशारण नगर्न आमसञ्चारमाध्यमलाई आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङ हुनुभन्दा अगाडि नै केही सञ्चार माध्यामले सूचना दिने गरिएको र त्यो सूचना भरपर्दो नभएकाले त्यसरी सूचना नदिन मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आग्रह गरेका हुन्।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा यस्तो बताएका हुन्।

‘प्रेस ब्रिफिङ हुनुभन्दा अगाडि नै केही सञ्चारमाध्यममा सुचना दिने गरिएको र उक्त सूचना भरपर्दो पनि नभएको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने सूचनाभन्दा अलग्गै दिएका कारणले जनमानसमा भ्रम पैदा भएको छ', उनले भने, 'अबदेखि आधिकारिक स्रोतबिना मिथ्या समाचार र आँकडा प्रस्तुत नगर्न मन्त्रालय अनुरोध गर्दछ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.