|

जनकपुरधाम : एकैपटक चार बच्चा जन्माएकी धनुषाकी एक महिलाको मृत्यु भएको छ। विदेह नगरपालिका ७ जोगियारा घर भएकी करिब ३० वर्षीया अमिरूल खातुनको बुधबार अपरान्ह अगाडी मृत्यु भएको हो।

प्रसूति व्यथा लागेपछि खातुन मंगलवार जनकपुरस्थित काब्या अस्पतालमा भर्ना भएकी थिइन्। त्यसको केही बेरपछि बेलुका करिब ५ बजे उनले ४ बच्चा जन्माएकी थिइन् । शल्यक्रियापछि बच्चा निकालिएका कारण उनको अवस्था गम्भीर थियो।

अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा उनको मृत्यु भएको छ। उनको शव आफन्तले अस्पतालबाट घर लगेका छन् । मृत्युको कारणबारे अस्पतालका डाक्टरले केही प्रतिक्रिया दिएका छैनन्।

शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो छ । चारै बच्चाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । बच्चालाई अहिले आइसियुमा राखेर उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.