|

अर्घाखाँची : रूपन्देहीको बुटवल कोरोना विशेष अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु भएको छ। नवलपरासीकी एक महिला र रुपन्देहीका एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार नवलपरासीको प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको हो।

बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए। उनीहरुको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो। दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या रहे पनि अरु कुनै दीर्घरोगको समस्या नरहेको डा. गौतमले जानकारी दिए।

योसँगै रुपन्देही जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.