|

गोरखा : जिल्ला ट्राफिक कार्यालय गोरखाले ट्राफिक प्रहरी र सवारी चालक तथा आम नागरिकसँगको सौहारद्धतालाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘नमस्कार’ अभियान सुरु    गरेको छ।

बिहीबार गोरखा सदरमुकामस्थित हरमटारी चोकमा सवारी चेकजाँच गर्दै अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले जानकारी दिए।

‘ट्राफिक प्रहरीको आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउने तथा शिष्टता, सभ्यता र हार्दिकतालाई अनुशरण गर्दै ट्राफिक सेवा प्रवाहलाई सभ्य र सुसंस्कृत बनाउने लक्ष्यसाथ अभियान शुरु गरिएको हो’, ट्राफिक प्रमुख ढकालले भने।

गण्डकी प्रदेश ट्राफिक कार्यालयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा यस अभियान लागू भइसकेको छ। अभियानअन्तर्गत जाँचचौकी, सीमानाका र कार्यालयमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी, कर्मचारीले सेवाग्राहीलाई आदारयुक्त सम्बोधनसहित नमस्कार गर्दै तोकिएको कानूनबमोजिमको काम सम्पन्न गरी अन्त्यमा पुनः नमस्कार गरेर बिदाइ गर्नुपर्ने प्रावधान रहेको छ।

ट्राफिक प्रहरीले आमनागरिकमाथि हुने गरेको दुर्व्यवहारको आरोपलाई चिर्दै उनीहरुको आचरणमा फरकपन दिनका लागि यो अभियान थालिएको हो।

 आमनागरिकप्रति उत्तरदायी भएर आफ्नो भूमिका निर्वाह गर्न गोरखाका ट्राफिक प्रहरी प्रतिबद्ध रहेको उनले बताए।

केही तस्वीर झलक :

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.