|

काठमाडौं : केही दिनदेखि फेसबुकमा एउटा फोटो भाइरल भैरहेको छ जहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ६ वटा फोटो जोडेर त्यसको अपव्याख्या गर्दै माओवादीप्रति कटाक्ष गरिएको छ।

प्रचण्डले विभिन्न ठाउँमा बोल्दाको शारीरिक हाउभाउ र हातको अवस्थालाई अपव्याख्या गरेर माओवादी पार्टीको अवस्थालाई कटाक्ष गरिएको हो। ‘हाम्रो पार्टी नेकपा माओवादी’ शीर्षक दिइएको फोटोमा प्रचण्डका ६ वटा फोटो मिलाइएको छ। पहिलो फोटोमा हात फैलाएको प्रचण्डको फोटो राखिएको छ र त्यसको क्याप्सन राखिएको छ- ‘पहिले यत्रो थियो।‘ शान्ति प्रक्रियामा आउने बित्तिकैको माओवादीलाई संकेत गर्नेगरी फोटोको क्याप्सन राखिएको छ।

त्यसपछिका फोटोहरुमा पनि माओवादी पार्टीको अवस्थालाई कटाक्ष गरिएको छ। र, अन्तिम फोटोमा प्रचण्डको फोटोलाई यसरी व्याख्या गरिएको छ, मानौँ अब भन्न केही पनि बाँकी छैन। क्याप्सन लेखिएको छ- ‘अब यसपछिका त कुरै नगरम् भो।’

पहिलो संविधानसभामा मुलुकको सबैभन्दा ठूलो शक्ति बनेको माओवादी दोस्रो संविधानसभामा आइपुग्दा तेस्रो राजनीतिक शक्ति बन्यो। पार्टी विभाजन र कार्यकर्ताको पलायनले थिलोथिलो बनेको माओवादीलाई आउने चुनावमा पहिलो पार्टी बनाउने अभियानमा रहेका प्रचण्ड कांग्रेसको समर्थनमा नयाँ सरकारको प्रधानमन्त्री बन्ने धुनमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.