|

बर्दिया :  जिल्लामा मंगलबार थप १९ जनामा कोरोना संक्रमण पाइएको छ। बाँसगढी नगरपाालिकामा गरिएको स्वाब संकलनमा ४ जना कन्ट्याक ट्रेसिङमा परेका रहेका जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गरीले जानकारी दिए। उनीहरु बाँसगढीमा संचालित चौधरी ग्रुप (सिजी फुड्स) का कामदार हुन्। 

आज थपिएका मध्ये १२ जना बासँगढी नगरपालिकाका स्थानीय हुन्। त्यसैगरी नवलपरासीका १, सिरहाका १, मोरङका १ र सुनसरीका १ जनामा पनि संक्रमण भएको पाइएको हो। 

यस्तै बर्दियाकोे बढैयाताल गाउँपालिकामा २ र बारबर्दियाका १ जनामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ। योसँगै बर्दियामा हालसम्म ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ।

जसमध्ये ३ सय २५ जना कोरोना जितेर घर फर्केका छन्। यसअघि सिजी फुड प्रालिका ४२ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि सोमबार बिहानैदेखि बाँसगढी नगरपालिका सिल गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.