|

महोत्तरी : सुमित बालुवा प्रशोधन उद्योग बर्दिबासले भत्काइदिएको तटबन्ध बर्दिबास नगरपालिकाले उक्त उद्योगसँग ४० हजार रुपैयाँ जरिवाना असुल्ने सर्तमा कागज गराएका छन्। 

बर्दिबास नगरपालिका–६ किसाननगरस्थित रातु खोलामा निर्माण गरिएको ४५ फिट लम्बाइ भएको तटबन्ध उक्त उद्योगले भत्काइदिएको समाचार थाहाखबरमा हिजो प्रकाशित भएको थियो। हाल नगरपालिकाले क्षतिपूर्तिसहित पुनः बनाउन लगाएको छ।

समाचार प्रकाशन भएको २४ घण्टा नबित्दै उद्योगका संचालक बिनोद साहका प्रतिनिधि सुनिल कुमार साहले सर्तनामा कागजमा हस्ताक्षर गरेका छन्। उक्त उद्योगले नदीबाट अवैध रुपमा उत्खनन गर्ने बालुवा गिट्टी ढुवानी गर्न तटबन्ध भत्काएको थियो। भत्काएको तटबन्ध समेत तीन दिनभित्र पहिलेको जस्तो बनाइदिने उद्योगका प्रतिनिधि साहले कागज गरिदिएका हुन्।

अब उपरान्त गैरकानुनी रुपमा बालुवा गिट्टी उत्खनन र तटबन्ध नभत्काउने समेत प्रतिबद्धता साहले गरेका छन्।

यो पनि पढ्नुहोस्

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.