मृत्युदर ०.८, कोरोनामुक्त दर ६६.४४ र सक्रिय केस दर ३२.७४ प्रतिशत

|

पर्वत : कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ हजार ८०५ रहेको गण्डकी प्रदेशमा हालसम्म १ हजार ८४९ जनाले कोरोना सङ्क्रमणलाई जितेका छन्। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माका अनुसार सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ४ सय जनालाई सङ्क्रमण निको भएको छ। उनीहरू ५५ जना महिला र ३ सय ४५ जना पुरुष रहेका छन्। 

कोरोना सङ्क्रमण शून्य रहेको हिमाल पारीको जिल्ला मुस्ताङका एक पुरुषलाई सङ्क्रमण रहेकोमा उनलाई निको भइसकेको छ। ती एक जना बाहेक मुस्ताङमा सङ्क्रमित समेत थपिएका छैनन्। हिमाल पारीकै अर्को जिल्ला मनाङका सङ्क्रमितमध्ये ४ जना पुरुषलाई निको भएको छ। यस्तै म्याग्दीका ५ महिला र ४३ पुरुष गरी ४८ जना, पर्वतका १६ महिला र ८७ पुरुष गरी १ सय ३ जना, गोरखाका १८ महिला र १ सय ८ पुरुष गरी १ सय २६ जनालाई निको भएको छ। 

यसैगरी लमजुङका १० महिला र १ सय ११ जना पुरुष गरी १ सय २१ जना, तनहुँका २७ महिला र १ सय ९७ जना पुरुष गरी २ सय २४ जना, कास्कीका ५६ महिला र १ सय ७७ पुरुष गरी २ सय ३३ जना, बागलुङका ३३ महिला र २ सय ४८ पुरुष गरी २ सय ८१ जना र स्याङ्जाका ४३ महिला र २ सय ६५ जना पुरुष गरी ३ सय ८ जनाले कोरोनालाई जितेका छन्।

कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको मृत्युदर ०.८ प्रतिशत रहेको गण्डकीमा निको हुने दर ६६.४४ प्रतिशत र सक्रिय केस दर ३२.७४ प्रतिशत रहेको छ। प्रदेशमा सङ्क्रमण रहेको अवस्थामा हालसम्म २२ जनाको मृत्यु भएको छ भने ५ सय ६१ जना क्वारेन्टाइनमा बसिरहेका छन्। 

     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.