|

काठमाडौं : विश्वभरि नै कोरोनाको महामारी चलिरहेको अनि विभिन्न मनोरञ्‍जन दिने माध्यमहरु बन्द भइरहेका बेला एक्सन फिल्मस प्रालिले एसइईको विषयवस्तुमा आधारित वेब सिरिज ‘यहाँ यस्तै हो’ डिजिटल बजारमा ल्याएको छ।

युवराज खत्रीको निर्देशन रहेको यस सिरिजमा सक्किगोनिका चर्चित हास्य कलाकार सुबोध गौतम - एदुमेले मुख्य भूमिकामा फिचरिङ गरेका छन् साथै सपना खत्री रिमाल, कौशल दंगाल, मनिता रेग्मी, रेश्मा श्रेष्ठलगायत कलाकारहरुको अभिनय देख्न सकिन्‍छ।

नबराज उप्रेतीको कथा, रेशम प्रधानको संगीत रहेको यस सिरिजलाई टेक अधिकारी, नवराज उप्रेती, युवराज खत्रीले निर्माण गरेका हुन्। उक्त सिरिजको छायांकन तथा सम्पादन भने निर्देशक खत्री आफैँले गरेका छन्।

प्रत्येक हप्ताको शुक्रबार बेलुका ५ बजे एक्सन फिल्मसको अफिसियल युटुब च्यानलबाट प्रसारण हुने अनि हरेक हप्ता समाजमा घटेका समसामहिक विषयवस्तुमा आधारित रहेर यस सिरिजले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिनेमा विश्‍वस्त रहेको निर्देशक खत्री बताउँछन्।

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.