तीनजना पक्राउ, दुई अझै फरार

|

काभ्रे : काभ्रेमा सुन्दा पत्याउन नसकिने र विश्वास नलाग्ने एक घटना घटेको छ। तर, यो घटना सत्य हो। यो घटना मान्छेले पैसाको लागि के कतिसम्म गर्छ भन्ने एक अनौठो उदाहरण पनि बनेका छन्। यो काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा घटेको घटना हो।

श्रीमानले आफ्नै श्रीमतीहरूलाई अरू केटाहरुसँग फोन र म्यासेन्जर च्याटमार्फत कुरा गराई यौन सम्पर्कका लागि तयार बनाएपछि रकम बार्गेनिङ गर्ने र रकम नदिएपछि अपहरण गरी मार्ने योजनामा संलग्न भएको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। योजनामा संलग्न रहेका दुईजना भने अझै फरार छन्।

पक्राउ पर्नेमा जिल्लाको पाँचखाल नगरपालिका–१२ घर भएका वर्ष १८ का आकाश परियार, उनकै श्रीमती वर्ष २१ की सविना तामाङ परियार र रोशी गाउँपालिका–१२ भीमखोरी माइती भई बनेपामा डेरा गरी बस्ने उमा परियार रहेका छन्।

फरार दुई व्यक्ति भने उमाका श्रीमान र भाई रहेका छन्। अपहरणमा परेका पाँचखाल नपा–१२ घर भएका वर्ष २२ का राजकुमार दनुवारको प्रहरीले उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा डिएसपीकुमार विक्रम थापाले पक्राउ परेका उनीहरूलाई अपहरण तथा शरिर बन्धकसम्बन्धी मुद्दा दर्ता गरी घटनाको अनुसन्धान शुरु गरिएको बताए। ‘प्रहरीलाई प्राप्त सूचनाको आधारमा अपरहणमा संलग्न व्यक्तिहरुलाई पक्राउ र अपहरणमा परेका युवकको उद्धार गर्न सफल भएको छ,’ उनले भने, ‘अपहरणमा संलग्न रहेको दुईजना फरार रहेको र उनीहरूको पनि खोजी भइरहेको छ।’

कार्यालयका अनुसार अपहरणकारीले भदौ २४ गते पाँचखाल नगरपालिका–१२ देवभूमि घर भएका वर्ष २२ का राजकुमार दनुवारलाई अपहरण गरी बन्धक बनाई ५० हजार रुपैयाँ माग गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु यसअघि पनि यस्तो कार्यमा संलग्न हुने गरेको  खुलेको छ।

यसरी भएको थियो अपहरण

पक्राउ परेका आकाशको श्रीमती सविना र राजकुमारको राजकुमार र सविनाको मोबाइलबाट चिनजान भएको थियो। सविना र राजकुमारको फोन र मोबाईल च्याटमार्फत अघि बढेको चिनजान र संवाद अन्ततः भेट्ने र एकान्त जंगलमा गई शरीरिक सम्बन्ध राख्नेसम्मको योजना बन्छ। सविनाले बनाएको योजना तथा राखेको प्रस्तावमा राजकुमार राजी हुन्छ।

त्यही योजनाअनुसार सविनाले राजकुमारलाई धुलिखेलको २८ किलोमा बोलाउँछिन्। पाँचखालबाट भाद्र २४ गते दिउँसो राजकुमार घरबाट बनेपा आए।

२८ किलोमा सविना र राजकुमारको भेट हुन्छ। उनीहरुसँग उमा पनि मिसिन्छ। त्यसपछि उनीहरु बुडोलमाथि रहेको जंगल पुगे। जंगलमा पुगेपछि सविना र राजकुमारबीच रकमको बार्गेनिङ भयो। उसले आफ्नो साथमा १० हजार भएको र काम सकिएपछि त्यही दिने बताएका थिए। जंगलमा पुगेपछि सविनाले उमालाई कुर्न लगाई उनीहरु दुईजना अलि खोंच जस्तो ठाउँमा रहेको झ्याङ्भित्र पसे। त्यो सबै योजनामै भइरहेको थियो।

झ्याङ्भित्र शारीरिक सम्बन्धका लागि वातावरण बन्दै गर्दा एक्कासि सविना र उमाका श्रीमानले राजकुमारलाई समात्छ र सविनाको श्रीमानले मेरो श्रीमतीलाई ललाईफकाई जर्बजस्ती गर्ने? भन्दै राजकुमारलाई केही मुक्का प्रहार गर्छ। त्यसपछि उनीहरूले राजकुमारसँग रकमको बार्गेनिङ गर्छ।

जसमा राजकुमारले शुरुमै ५० हजार दिन्छु भनेपछि केही नगर्ने तर रकम नदिए मारिदिने धम्की दिए। राजकुमारले आफूसँग पूरा रकम नभएको र एटिमबाट निकालेर दिने बताएपछि उनीहरु एटिएम आएका थिए। तर, राजकुमारले एटिएममा रकम भएर पनि निकाल्न मिलेन भने। त्यसपछि हाम्रो पेशा यस्तै भएकाले रकम नदिएसम्म घर नपठाउने भन्दै अपहरण गरेर राजकुमारलाई आफूहरु बस्ने डेराको शौचालयमा थुनेर राखेको थियो।

राजकुमार सहमतिमै भए पनि अर्काको श्रीमतीसँग शरिरिक सम्बन्ध राख्ने प्रयासमा थिए। श्रीमानहरुकै योजनानामा उमा र सविनाले यस्तै काम गर्न थालेको केही महिना भइसकेको अनुसन्धनबाट खुलेको छ।

अपहरणकारी यसरी पर्‍यो प्रहरी फन्दामा

अपहरणकारीले शौचालयमा थुनेर राखेको राजकुमारलाई आफू अपहरणमा परेकोले ५० हजार रकम लिएर आउन खबर गर्न लगाए। उनीहरुले भनेअनुसार नै राजकुमारले पनि आफ्नो दाजुलाई खबर गरे।

राजकुमारको दाजुले ५० हजार पैसा तयार गरेपछि आफ्नो अपहरणमा परेको सूचना प्रहरीलाई दिए। राजकुमारको दाजु र सादा पोशाकका प्रहरी रकम बोकेर २८ किलो माथिको जंगलमा पुगे। तर, प्रहरी भएको चाल पाएका उनीहरूले रकम नजिकैको झ्याङ्मा राखिदिनु भनेअनुसार रकम राखेर फर्कंदै गर्दा उनीहरु रकम लिएर फरार भए। तर, प्रहरीले मान्छेलाई देखे पनि समाउन सकेन। यता, राजकुमारको उद्धार भयो।

फरार रहेका उनीहरुलाई प्रहरी निरीक्षक सुरेश खत्रीको कमाण्डमा प्रहरी सादा पोशाकमा परिचालन गरि भाद्र २५ गते बिहानदेखि नै उनीहरुको खोजी प्रहरीले गरिरह्यो। त्यही क्रममा प्रहरीलाई ०७७ भदौ २४ गते राति करिब ९ बजेको समयमा राजकुमारलाई अपहरण गर्ने समूह धुलिखेल नपा–४ स्थित २८ किलोमा डेरा लिएर बस्ने गरेको सूचना प्राप्त हुन्छ। प्रहरी त्यही सूचनाको आधारमा अपहरणकारी बस्ने घरमा पुगेको थियो।

अपहरणकारी पक्राउ गर्न र अपहरणमा परेका युवकलाई उद्दार गर्न खटिएको प्रहरी टोली उनीहरु बस्ने डेराको ढोका ढकढक गर्नेबित्तिकै उनीहरुले सुन चोर आयो भनी हल्ला गर्दै प्रहरीमाथि नै खुकरी लिएर प्रहार गरी गाउँलेहरु भड्काउँदै उनीहरु भाग्ने प्रयास गरे।

त्यसपछि प्रहरी त्यहाँबाट घरभन्दा करिब ५ मिटर तल रोडमा आई एक राउण्ड हवाई फाएर गरी सहयोगका लागि थप टोली बोलाएर अपहरणकारी पक्राउ गरिएको थियो। जसमा प्रहरीले राति नै ५ जनामध्ये दुई जनालाई  पक्राउ गर्न सफल भएको थियो। फरार रहेका तीनमा एकलाई भने प्रहरीले बिहान उनकै डेराबाट पक्राउ गरेको थियो।

यस्ता घटनाबाट पटक–पटक रकम लिने गरेको र बेरोजगारी र आपराधिक मानसिकताबाट उक्त घटना गराइएको उनीहरुले बताएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.