|

बागलुङ  ः बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुर्दा एक बृद्धको मृत्यु भएको छ। 

कुश्मीशेराको टुनीवटमा घरमाथीबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो।  उनका ७० वर्षीय श्रीमान मणिभद्र पाध्या गम्भीर घाइते भएका छन्। पाध्यालाई स्थानीयले पहिरोबाट उद्धार गरेका थिए। बागलुङ कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तार जालीसहितको पहिरोले टुनीवोटका ३ घरमा क्षति पुर्‍याएको स्थानीय केदार पौडेलले बताए। आइतवार बिहान ५ बजे खसेको पहिरोले तीनै घरका गोठमा समेत क्षति पुर्‍याएको छ। 

पहिरोको थप विवरण आउन बाँकी छ। प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ। घाइते पाध्यालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ। 

यसै गरी जैमिनी नगरपालिका–५ बिनामारेको सिम्लेमा पहिरोले एक घर पुरेको छ। सिम्लेका निलकण्ठ पौडेलको घर पहिरोले पुर्दा परिवारका ६ जना गम्भीर घाइते भएका छन्। पहिरोमा परी पौडेलकी आमा ७० वर्षीया जालपा देवि पौडेल बेपत्ता भएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.