कञ्चनपुर/ काठमाडौं : कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कञ्चनपुरले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सामाजिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
आफनो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि शुक्रबार महेन्द्रनगर बजारमा सामाजिक सचेतनामूलक कार्यक्रम गरेको हो। कार्यक्रममा बैंकका कञ्चनपुर शाखा, झलारी शाखा तथा चादनीदोधारा शाखाका कर्मचारीसमेत उपस्थित थिए।
कार्यक्रममा बैंकले महेन्द्रनगर बजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिँडेका विभिन्न व्यक्तिहरूलाई १००० थान मास्क तथा १५० थान हयान्ड स्यानिटाइजरसमते वितरण गरेको थियो।
कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, स्यानीटाइजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुन पानीले हात धुने जस्ता विविध सचेतनामूलक नारा लेखिएका ब्यानर तथा प्लाकार्ड बोकेर कोभिड–१९ नियन्त्रण र रोकथामका लागि पूर्व-सावधानीका सन्देश दिइएको थियो।
सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि यो कार्यक्रम निकै उपयोगी हुने साथै आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रमहरु अन्य स्थानमा पनि गर्दै जाने जानकारी गराए। कुमारी बैंक लिमिटेडको सुदूरपश्चिम प्रदेशमा १९ वटा शाखा र ८ वटा एटिएम सञ्चालनमा छन् भने देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ सेवा र १०८ एटिएम सञ्चालनमा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।