|
फाइल फोटो

पर्सा : हप्ता दिनयता कोरोनाका कारण कसैको मृत्यु नभएको पर्सामा फेरि मृतकको संख्या थपिएको छ। सोमबार बिहान कोरोनाका कारण एक महिलाको मृत्यु भएपछि पर्सामा फेरि कोरोनाका कारण मृत्यु हुनेको संख्या थपिएको हो।

योसहित पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ। गएको भदौ २२ गते सोमबार दिउँसो पर्साका एक र राति बाराका एक पुरुषको मृत्यु भएपश्चात् पर्साको वीरगन्जस्थित कोभिड अस्पतालमा मृत्यु हुनेको संख्या रोकिएको थियो।

तर, सोमबार बिहान २ बजेर ५५ मिनेटमा वीरगन्ज महानगरपालिका-१० की ५५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

मृतक महिला गएको भदौ २२ गते संक्रमण पुष्टि भएकी थिइन्। त्यसयता उनी नारायणी अस्पतालको अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचार गराइरहेकी थिइन्। सोमबार बिहान राति उनको त्यही निधन भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश कुमार चौरसियाले बताए। फोक्सोको दुवैतर्फ फ्राइबोसिस संक्रमण भएको थियो। उनको तीव्र श्वासप्रश्वाससमेत भएपछि निधन भएको उनको भनाइ छ। 

मृतक महिलालाई गएको भदौ १२ गते अस्पतालमा भर्ना गराएर उपचार सुरु भएको थियो। उनको स्वाब परीक्षणको रिपोर्ट भने भदौ २२ गते मात्र आएको थियो डा चौरसियाले भने। लामो समयको अस्पताल बसाइपछि पनि उनलाई बचाउन नसकिएको नारायणी अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.