|

काठमाडौं : आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय टोलीका सदस्य ललित सिंह भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको जानकारी दिएका छन । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । 

कप्तान मल्लले भण्डारीको सहयोगका लागि खेलाडीले साथ दिने बताएका छन् । साथै उनले उपचारका लागि थप सहयोग गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । ललितको उपचारका लागि नेपाल क्रिकेट संघले समन्वय र सहयोग गर्ने जनाएको छ । 

सोमबार अध्यक्ष चतुर बहादुर चन्दले जारी गरेको विज्ञप्तीमा संघको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्धता रहने जनाएका छन् । ललित आइतबार साँझ ट्रकको ठक्करबाट घाइते भएका थिए । 

उनलाई धनगढीको निसर्ग अस्पतालमा उपचार गरिएको थियो । धनगढीबाट उनलाई आइतबार राति कोहलपुर ल्याइएको थियो । कोहलपुरमा उपचारपछि उनी खतरामुक्त भएका थिए । 

कोहलपुरमा गरिएको अपरेशनमा ललितको दायाँ खुट्टा र दायाँ हातको नाडीमा फ्याक्चर देखिएको छ । अपरेसनका लागि उनलाई काठमाडौं ल्याइएको हो ।    


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.