|

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकूलपति प्राडा ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

गिरीले फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको उल्लेख गरेका छन्। प्रतिष्ठानको काममा खटिइरहेको बेला संक्रमण भएको बताउँदै अहिले होम आइसोलेसनमा बसेको उनले जानकारी दिएका छन्। 

बिपी प्रतिष्ठानको आधिकारिक पेजमा सूचना जारी गर्दै ‘प्रतिष्ठानले कोरोना विशेष लेभल ३ अस्पतालमार्फत कोरोनाका लागि स्वास्थ्य सेवा प्रदान गरिरहेको आफ्नै निवासमा लक्षणविहीन अवस्थामा आइसोलेसनमा सुरक्षित साथ बसिरहेको’ बताएका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.