|

काठमाडौं : आज नियमित अन्तर्राष्ट्रिय तथा चार्टड उडान मार्फत १२ सय भन्दा धेरै नेपाली स्वदेश फर्किँदैछन्। 

युएई , ओमान , बंगलादेश , मलेशिया र कतारबाट गरी १ हजार २ सय ६६ जना आउन लागेका नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ। 
युएईबाट हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, फ्लाई दुबई र इतिहाद एयरलाइन्सबाट ७ सय भन्दा धेरै नेपाली आउँदैछन्।

यस्तै ओमानबाट सलाम एयरलायन्सको उडानमार्फत १८० र बंगलादेशको ढाकाबाट हिमालय एयरको उडानबाट ४० जना आउँदैछन्। मलेशियाबाट मालिन्दो एयरबाट १७१ र कतारबाट नेपाल एयरलाइन्सको उडानबाट १५० जना आउन लागेका प्राधिकरणले जनाएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.