|

पर्सा : पर्सामा एक कोरोना संक्रमितको मृत्यु भएको छ। 

नारायणी अस्पताल वीरगञ्जमा उपचाररत बाराको जीतपुर सिमरा उपमहानगरपालिका १४ डुमरवानाकी ५५ वर्षीया महिलाको हिजो बेलुकी सवा ७ बजे मृत्यु भएको हो।

उनलाई हिजो विहान सवा ११ बजे अस्पताल लगिएको थियो। कोरोना रिपोर्ट पोजेटिभ आएको केही समयमै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेस कुमार चौरसियाले जानकारी दिए। 

यसैबीच, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जना कोरोना संक्रमित थपिएका छन्। रौतहटका २३ र बाराका ३ जनामा संक्रमण पुष्टि भएको हो। रौतहटका संक्रमितमध्ये गरुडास्थित राष्ट्रिय बाणिज्य बैंक र सिभिल बैंकमा कार्यरत ४÷४ जना कर्मचारी रहेका प्रयोगशालाले जनाएको छ। 

२ जना सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत एक जनपद प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ। पर्सामा भने संक्रमित थपिएका छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.