काठमाडाैं : काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ५५ कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
देशभर गरिएको परीक्षणबाट आज कुल १४ सय ५९ संक्रमित थपिएका छन्। जसमध्ये उपत्यकामा मात्रै ६ सय ७६ जना छन्। यसको देशभर आज थपिएकामध्ये ४६ प्रतिशत संक्रमित उपत्यकाका मात्रै रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको रिपोर्टअनुसार भक्तपुरमा ८६ जना र ललितपुरमा पनि ३५ जनामा कोरोना पुष्टि भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।