|

काठमाडौं : सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापनी र लिपुलेक समेटेर प्रकाशित गरिएको नयाँ नक्सासहितको दुई वटा दरका सिक्का निकाल्ने भएको छ।

१ र रु २ रुपैयाँ दरका नयाँ सिक्का टकमरी गरी प्रचलनमा ल्याउन सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको हो। नयाँ सिक्कामा नेपालमा अद्यावधिक नक्सा समावेश हुने परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

यस्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि नयाँ भर्ना लिन पनि सरकारले स्वीकृति दिएको छ । यस्तै एसियाली विकास बैंकले दिने १८ अर्ब सहुलियत ऋण लिनका लागि वार्ता गर्न टोली पनि गठन गर्ने निर्णय सरकारले गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.